राजनीति


काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (तस्बिरहरू)

काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (तस्बिरहरू)

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १३:२७, काठमाडौँ

काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहमा आज १ हजार १२९ विद्यार्थी दीक्षित भएका छन्। 

दीक्षान्त समारोहको प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। 

विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनका अनुसार दीक्षान्त समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कार, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघु‌जी पन्त लगायतको उपस्थित छ। 

कार्यक्रममा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.अच्युत वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेका छन्। 

समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आट्र्सतर्फ १६३ जना, स्कूल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कूल अफ मेनेजमेन्टका ११० जना विद्यार्थी दीक्षित भएका छन्।

त्यसैगरि स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएकाे छ। 

समारोहमा विश्वविद्यालयका आर्टस, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना दिक्षीत भएका छन्।

भुटान, भारत, श्रीलंका र माल्दिभ्सका गरेर ११८ जना विद्यार्थी पनि दिक्षीत भएका विश्वविद्यालयले जनाएकाे छ।

थप तस्बिर 

 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad