भिजिट भिसामार्फत मानव तस्करी निराकरण गर्न समिति बनाउने बारे विपक्षी एक जुटभिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी एक ठाउँमा भएको बताएका छन्।
बिहीबारको छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई पार्टीबीच यस विषयमा कुनै मतभेद भएको बताएका हुन्।
'भिजिट भिसा प्रकरण गम्भीर विषय छ। यसमा हामीले जसरी छानबिन समिति गठनको माग गरिरहेका छौँ यसमा दुवै दलको एक मत छ,' पाण्डेले नेपालखबरसँग भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रवक्ता तथा सांसद मनीष झाले पनि प्रतिपक्षी दलहरू एक ठाउँमा रहेको निष्कर्ष आजको छलफलपछि पनि निस्किएको बताए।
'हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू 'भिजिट भिषा मार्फत मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ' झाले भने।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने भन्दै विपक्षीले जेठ १३ गतेदेखि सदन अवरोध गर्दै आएका छन्। सत्तापक्ष भने यसमा सहमत भएको छैन।
रास्वपाका ५ मध्ये ४ बुँदामा दलहरूबीच सहमति, राजीनामामा अड्कियो कुरा
Shares

प्रतिक्रिया