उच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रयासस्वरुप न्याय परिषद् बैठक जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा न्याय परिषद्को सचिवालयमा बैठक बसिरहेको हो।
यसअघि मंगलबार न्याय परिषद्ले सर्वोच्च अदालतमा एक सिट खाली राखेर ३ जना न्यायाधीश सिफारिस गरेको थियो।
अब उच्च अदालत न्यायाधीश नियुक्तिको तयारी भइरहेको छ। लामो समयदेखि छलफल भइरहे पनि भागबन्डामा कुरा मिलेको छैन।
उच्च अदालतमा २४ न्यायाधीशको पद रिक्त छ। अदालतका अधिकृतहरू, सरकारी वकिल, कानुन अधिकृतहरू र कानुन व्यवसायीबाट उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।
4.5k
Shares

प्रतिक्रिया