१ करोड ५० लाख रुपैयाँ बराबरको बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हिरण्य कुमार मगर पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँले भोजपुरको रामप्रसाद राई गाउँपालिका ४ घर भइ ललितपुर महानगरपालिका–१४ महालक्ष्मी बस्ने ४१ वर्षीय मगरलाई जेठ २९ गते पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी एसपी अपील राज बोहराले बताएका छन्।
477
Shares

प्रतिक्रिया