राजनीति


विप्लव र माधव नेपालसँग पार्टी एकताबारे छलफल चलिरहेको छः प्रचण्ड

विप्लव र माधव नेपालसँग पार्टी एकताबारे छलफल चलिरहेको छः प्रचण्ड

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १६:४६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेक्रविक्र चन्द्र र माधव नेपालले नेतृत्व गरेको पार्टीसँग एकताका लागि छलफल चलिरहेको बताएका छन्। 

मंगलबार आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा आउनेजति विभिन्न समूह, व्यक्ति र पार्टीसँग एकताको पहल भइरहेको समेत बताए।

‘तपाईंहरुले सुन्नु भयो होला केही दिनअघि दुईटा पार्टीसँग हाम्रो एकता, समायोजन पनि भयो,’ प्रचण्डले भने, ‘अहिले अरु पार्टीसँग पनि एकता र समायोजनको निम्ति छलफल चलेको छ। विप्लवले नेतृत्व गरेको पार्टीसँग, माधव नेपालले एकता गरेको पार्टीसँग पनि हाम्रो मोर्चा त बनेकै छ। पार्टी एकताबारे पनि छलफल चलिरहेको छ। त्यो मोर्चामा रहेको महेन्द्र राय यादवले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी त छिट्टै एकतामा आउँदैछ।’

उनले थपे, ‘अस्ति शेरबहादुर देउवा, केपी ओली र म बसेको बेलामा उहाँलाई लिएर गएको उहाँले सबैका अगाडि म अब छिट्टै माओवादीमा समायोजित हुँदैछु भनेर त्यही घोषणा गर्नुभयो। सबैको अगाडि। त्यसकारण यो क्रम मधेसतिर पनि, पहाडतिर पनि चलेको छ।’

उनले धेरै समूह र पार्टीसँग एकता गरेर देशको पहिलो पार्टी बनाउने लक्ष्य आफूहरुको रहेको समेत बताए। ‘एकतामा आउन सक्ने, पार्टीमा समायोजित हुनसक्ने समूह, पार्टी, व्यक्ति सबैलाई एकतावद्ध गर्ने र आउने दिनमा यो पार्टीलाई पहिला जसरी देशको एक नम्बर पार्टी बनेको थियो,’ प्रचण्डले भने, ‘त्यो बच्न सेकन। अब अहिले फेरि एक नम्बर पार्टी बनाउने र जनताले खोजेको जस्तो सुशासन, समृद्धि र सामाजिक न्याय दिने र समाजवादको यात्रा तय गर्ने भनेर हामी लागेका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad