राजनीति


राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड

राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १४:५७, काठमाडौँ

सम्पतरीको राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्। नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहरण गराउन लागेपछि निलम्बित मेयर भीमराज यादवका समर्थक तोडफोडमा उत्रिएका हुन्। यादवका समर्थकले प्रहरीकै अगाडि कार्यालय तोडफोड गरिरहेका छन्। 

कार्यालयमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भने गरिएको छ।  भ्रष्टाचार मुद्दामा निलम्बित मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेका थिए। 

प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि विवाद सुरु भएको थियो। 

तर, ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको हो। 

यहाँका मेयर भीमराज स्थानीय रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा निलम्बित छन्। यादवका अहिले उपमेयर परविनलाई भने कार्यकक्षमै थुनिदिएका छन्। 

प्रदर्शनमा उत्रिएकाहरूले कार्यालयका झ्याल, ढोकालगायत संरचनाहरू तोडफोड गरेका छन्। 

प्रदर्शनकारीले नगरपालिकाका लेखापाल शत्रुधनलाल दास, स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट गरेको बताइएको छ। घाइते शत्रुधनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad