नेकपा एमालेको भ्रातृ संगठनन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जारी अधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
बन्द सत्रमा अध्यक्षमण्डलले अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्टकहरूले नाराबाजी गरेका थिए। निर्वाचन प्रक्रियामा जानुपर्ने भन्दै होहल्ला भएपछि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो।
प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले नेपालखबरसँग भने, 'निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। आज साँझसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र भोलि बिहान मतदानको कार्य अघि बढाउने गरी तालिका निकालेका छौँ।'
आज बन्द सत्रमा अध्यक्ष मण्डलले सहमतिका लागि भन्दै अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी, महासचिव दीपक धामीको नाम प्रस्ताव गरेको थियो।
यस्तो छ निर्वाचन कार्यतालिका:


Shares

प्रतिक्रिया