राजनीति


भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमतिको भाषामा छलफल जारी

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमतिको भाषामा छलफल जारी

नेपालखबर
जेठ २६, २०८२ सोमबार १२:३९, काठमाडौँ

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता दाबी गरिरहेका प्रतिपक्षी दल र सत्तापक्षबीच छलफल जारी छ। प्रतिपक्षीले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै गृहमन्त्रीको राजीनामासमेत माग्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आइरहेका छन्। उनीहरूले जेठ १५ मा बजेट प्रस्तुत गर्न भने दिएका थिए।  

दलहरू आज पनि भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको सदनको गतिरोध अन्त्यका लागि छलफलमा जुटेका छन्। सत्तापक्ष र विपक्षी दलबीच छानबिन समिति बनाउन समझदारी भने भइसकेको छ। तर दलहरूबीच सहमति पत्रको भाषामा भने कुरा मिलेको छैन।  

आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकअघि दलहरू सहमति जुटाउने प्रयासमा छन्। सहमति जुट्ने सम्भावना भने न्यून रहेको नेताहरू बताउँछन्।  

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलहरूबीच लिखित सहमतिको भाषाको विषयमा कुराकानी भइरहेको सुनाए। 'हामी छलफलमै छौँ। आजको संसद् बैठक सञ्चालनको विषयमा सहमतिको प्रयास भइरहेको छ,' उनले भने, 'हामीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्नेमा जोड दिएका छौँ। सत्तापक्ष यसमा तयार भइसकेको अवस्था छैन।' 
 

सहमतिको लिखित भाषा टुंग्याउने जिम्मा कांग्रेस-एमालेले पाएका छन्। आज उनीहरूले भाषाको विषयमा छलफल गरिरहेका छन्। माओवादी र रास्वपाले संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति भन्ने शब्द नै उल्लेख गरेर अघि बढ्नुपर्ने अडानमा छन्।   

पाण्डेले दुवैपक्षलाई सम्बोधन हुने गरी समझदारी पत्रको तयार हुने विश्वास रहेको बताए। 
   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad