राजनीति


प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची

नेपालखबर
जेठ २५, २०८२ आइतबार ६:५१, काठमाडौँ

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक आइतबार दिउँसो एकबजे बस्ने गरी समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरुले लगातार अवरुद्ध गर्दा यसअघिका बैठक कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

आजको बैठक पनि बस्ने नबस्ने निश्चित छैन। 

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।
 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad