राजनीति


एमाले पार्टी देश र जनताप्रति सधैँ उत्तरदायी : पोखरेल

एमाले पार्टी देश र जनताप्रति सधैँ उत्तरदायी : पोखरेल

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८२ शनिबार २२:१८, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी देश र जनताप्रति सधैँ उत्तरदायी रहेको बताएका छन्।

एमाले ओखलढुङ्गाको लिखु–काठमाडौँ सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई शनिबार उद्घाटन गर्दै उनले लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको शक्तिलाई कमजोर बनाउने नियतले पछिल्लो समय एमालेमाथि आक्रमण भइरहेको बताए। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,  ‘राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी कोही छभने त्यो एमाले हो। त्यसैले पार्टीमाथि आक्रमणको प्रयास भइरहेको छ। पार्टी आर्थिक विकास र समृद्धिका ‘एजेन्डा’ बोकेर अघि बढिरहेको छ, तर नेपाल आत्मनिर्भर भएर अघि बढेको देख्न नसक्ने शक्तिहरू विरुद्धमा लागिरहेको छन्।’

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी हशर्मा ओलीको अभिव्यक्तिका कारण एमालेविरुद्ध प्रहार नभएको उनको भनाइ थियो। 

एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी थाल्नुपर्ने बताए। 

सोही अवसरमा मञ्चद्वारा प्रकाशित कम्युनिष्ट आन्दोलनको एकीकृत उपहार ‘लिखु सङ्गालो’ वरिष्ठ  पोखरेलले उक्त विमोचन गरे। मञ्चका अध्यक्ष पूर्ण खड्काले पुस्तकमा कम्युनिष्ट आन्दोलनसम्बन्धी ६० जनाको लेखरचना रहेको जानकारी दिए।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad