राजनीति


ऋण गरेर घिउ पिउने काम कसैले गर्नुहुँदैन : प्रधानमन्त्री ओली

ऋण गरेर घिउ पिउने काम कसैले गर्नुहुँदैन : प्रधानमन्त्री ओली

सुमन सुस्केरा
जेठ २४, २०८२ शनिबार १७:३५, विराटनगर

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि काम गर्ने खालको हुनुपर्ने बताएका छन्। 

मोरङ जिल्लाको कटहरी गाउँपालिकामा निर्माण भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले जनप्रतिनिधिहरु सृजनशील हुनुपर्ने र काम गर्ने नेता हुनुपर्ने बताए।

दलका धेरै उम्मेदवारहरूको बीचमा स्वतन्त्र निर्वाचित भएका योगेन्द्र मण्डलको प्रशंसा गरे। ‘तपाईहरुले ठिक उम्मेदवार जिताउनुभयो?’, ओलीले भने, ‘जनप्रतिनिधिहरू सृजनशील हुनुपर्छ, त्यो काम योगेन्द्र मण्डल जीले गर्नुभएको छ।’

 मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले धेरै क्षेत्रमा सृजनशील भएर काम गरेकोप्रति प्रशंसा गरेका ओलीले भने, ‘जनप्रतिनिधि यस्तै सृजनशील हुनुपर्दछ, कामको नेता हुनुपर्दछ कुराको नेता होइन।’

जीवन विकास सामुदायिक अस्पतालले अनुहार हेरेर, पैसा हेरेर, हैसियत हेरेर, नभई बिमारी हेरेर, बिमारको रोगको औचित्य हेरेर रोगको लागि गर्नुपर्ने उपचारको आवश्यकतामा उपचार गर्ने कुरालाई उच्च प्राथमिकतामा राखेर अस्पताल अगाडि बढाउने योजनाको उनले प्रशंसा गरे। यो असाध्यै महत्वपूर्ण भएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ। 

देशको विकास गर्ने भनेको आफ्ना प्रयासहरु केन्द्रित गरेर, राष्ट्रिय प्रयासहरू केन्द्रित गरेर र सामुदायिक पहलहरुबाट हुने समेत बताएका छन्। प्रधानमन्त्री ओलीले प्रतिफल राम्रो नहुने र तिर्न नसकिने ऋण लिन नहुने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘ऋण गरेर घिउ पिउने, त्यस्तो खालको काम गर्ने होइन। ऋण लिएर उत्पादन वृद्धिका काममा लगाउने त्यसको प्रतिफलबाट ऋण तिर्ने र आफू सम्पन्न तिर जाने बाटो हामीले लिनुपर्दछ।’

उपयुक्त ढंगको नेतृत्व हुने हो भने कृषि, खानेपानी बिजुली, स्वास्थ्य शिक्षामा धेरै काम सरकारको प्रयास बिना पनि व्यक्तिगत र सामुदायिक रुपमा गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad