राजनीति


भ्रष्टाचार मुद्दाबारे माधव नेपाल भन्छन्: नबिराउनु, नडराउनु, आत्तिनपर्ने छैन

भ्रष्टाचार मुद्दाबारे माधव नेपाल भन्छन्: नबिराउनु, नडराउनु, आत्तिनपर्ने छैन

नेपालखबर
जेठ २४, २०८२ शनिबार १४:३६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन्। 

पार्टीको मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले एकीकृत समाजवादीको भूमिका देखेर आत्तिएकाहरूले भ्रष्टाचारको मुद्दा लगाएको आरोप लगाएका हुन्। 

‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्’, उनले भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ।’

नाम नतोके पनि उक्त भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित हो। किनभने यसअघि अध्यक्ष नेपालले ओलीले आफ्नो राजनीतिक करिअर समाप्त पार्न षड्यन्त्र रचेको भनेर प्रस्टसँग बताइकेका छन्। 

तर उनले आफूले नबिराएकाले नडराउने दाबी पनि गरेका छन्। 

‘मैले भन्ने गरेको छु- नबिराउनु, नडराउनु। आफ्नो स्वार्थका लागि कुनै काम भएको छैन, आत्तिनपर्ने छैन’, उनले भने, ‘गलत आरोपमा दृढतासाथ उभिन्छौँ। मलाई विश्वास छ- न्यायपालिकाले मलाई न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad