राजनीति


ओलीमाथि नेपालको आरोप–मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियतै हो

ओलीमाथि नेपालको आरोप–मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियतै हो

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८२ बिहिबार १६:१७, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध मुद्दा चल्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएका छन्।

पञ्जली प्रकरणमा आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि बिहीबार रौतहटस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सुरुदेखि नै आफूविरुद्ध ओली लागेको टिप्पणी गरे।

‘त्यो त हो, त्यो त सिधा कुरा हो,’ तपाईंकै पार्टीका नेताले केपी ओलीको निर्देशनमा अख्तियारले मुद्दा दायर गरेको हो भन्नुभयाे नि भन्ने प्रश्नमा नेपालले भने, ‘उहाँ मेरोविरुद्धमा सुरुदेखि लाग्नु भएको पनि हो।’

उनले आफ्नो राजनीतिक करिअर समाप्त पार्न नै ओली लागि परेको दाबी समेत गरे। ‘मेरो राजनीतिक करिअरलाई समाप्त पार्ने उहाँको नियतै हो,’ अध्यक्ष नेपालले भने, ‘पहिले पनि उहाँले यस्तै किसिमको कोसिस पटक–पटक गर्नुभएको हो। उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad