राजनीति


कांग्रेस सरकारमा छ तर सत्ताको चाबी छैन: शेखर कोइराला

कांग्रेस सरकारमा छ तर सत्ताको चाबी छैन: शेखर कोइराला

नेपालखबर
जेठ २४, २०८२ शनिबार १२:१०, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले अब आफ्नो पार्टीले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। 

भक्तपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठेरो परिस्थितमा गएकाले सत्ताको चाँबी कांग्रेसले लिनुपर्ने बताएका हुन्। 

‘अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ। नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो। हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन। उग्रवामपन्थीको त कुरै भएन। कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ। त्यो बुझौँ उनले भने, त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ। सरकार र सत्ता फरक कुरा हुन्। हामी सरकारमा छौँ। नेपाली कांग्रेस सरकारमा छ। तर सत्ताको चाबी हामीसित छैन। यसको अर्थ तपाईंहरू आफैँ लगाउनुस्। सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त। साथीहरुले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौ। भोलिको प्रतिस्पर्धी एमाले हो। उसले गलत  काम गरेको छ  भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ। नेपाली कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन्।’

भिडिओ-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad