नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अदालतको विषय बनिसकेकाले धेरै टीकाटिप्पणी गर्न उचित नहुने बताए। 'पतञ्जली जग्गा प्रकरण अदालतको विषय बनिसकेको छ। यसमा धेरै टीकाटिप्पणी गर्न उचित हुँदैन,' उनले भने।
उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साँच्चिनै पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकूलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरे । खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताए।
177
Shares

प्रतिक्रिया