समाज


२ हजार ९५१ जना सैनिक दीक्षित

२ हजार ९५१ जना सैनिक दीक्षित

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १७:५४, काठमाडौँ

नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम आज (जेठ २३ गते) समापन भएको छ। 

तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए। 

नेपाली सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २ हजार ५६४ जना पुरुष तथा ३८७ जना महिला गरी कुल २ हजार ९५१ जना सैन्यहरू दीक्षित भएका नेपाली सेनाले जनाएको छ।

तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी निर्मल कुमार थापा, श्री नं २ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह लगायत विभिन्न पृतना, बाहिनी तथा गणरगुल्महरुमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए।

विभिन्न तालिम केन्द्रहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad