सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई चलाइएको भ्रष्टाचार मुद्दा दायर हुनुमा वर्तमान सरकारको कुनै भूमिका नभएको स्पष्टीकरण दिएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले अख्तियार आफैँ स्वायत्त आयोग भएकोले सरकारले हस्तक्षेप गर्न नसक्ने उनको भनाइ छ।
'आयोगहरू स्वायत्त छन्। सरकारमाथि आरोप लाग्छ भनेर नै आयोग बनेको हो। उनीहरूले मन्त्रिपरिषद्ले निर्णय गरेर काम गर्ने होइन। उनीहरूको आफ्नै अधिकार छ,' उनले भने, 'अख्तियार दुरुपयोग भएको छ/छैन भनेर छाबनिन गर्न बनेको आयोग हो अख्तियार। सरकारले पूरवाग्रह राख्यो, प्रतिशोध साँध्यो भन्नुको अर्थ छैन।'
उनले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हस्तक्षेप गर्ने काम नगरेको बताए। उनले भ्रष्टाचारको फाइल खोल्ने नखोल्ने कारबाही अगाडि बढाउने नबढाउने सबै काम अख्तियारकै भएको पनि दोहोर्याए।
अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनालाई चलाएको मुद्दामा सरकारको कुनै भूमिका नभएको बताए।
यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। र, १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ।
Shares

प्रतिक्रिया