राजनीति


माधव नेपालबारे शेरबहादुरजीले मलाई सोध्नुभयो, म आश्चर्यमा परेँ: प्रचण्ड

माधव नेपालबारे शेरबहादुरजीले मलाई सोध्नुभयो, म आश्चर्यमा परेँ: प्रचण्ड

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १५:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोन संवाद भएको छ। 

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर भएलगत्तै देउवाले प्रचण्डलाई टेलिफोन गर्दै यसबारे चासो राखेको प्रचण्डले नै बताए। 

'देउवाजीले हिजो फोन गर्नुभएको थियो। माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो। त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो। के भएको हो भनेर?,'कुराकानीबारे उनले भने, 'शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैँ आश्चर्यमा परेँ।’

देउवाले के भएको हो भनेर सोधेपछि आफूले तपाईंलाई नै थाहा हुनुपर्ने हो नि भनेर जवाफ दिएको र ठट्टा चलेको पनि प्रचण्डले सुनाए। 

उनले भने, 'मैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनेँ। उहाँलाई पनि थाहा नभएको बुझेँ मैले। देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ।’

पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री ‍नेपालविरूद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो।  

यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। र, १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad