राजनीति


१२ सहरलाई व्यवस्थित बनाउन मन्त्रालयले योजना बनाएको छः उपप्रधानमन्त्री सिंह

१२ सहरलाई व्यवस्थित बनाउन मन्त्रालयले योजना बनाएको छः उपप्रधानमन्त्री सिंह

नेपालखबर
जेठ २२, २०८२ बिहिबार २०:३९, काठमाडौँ

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयले घोषणा गरेका १२ सहरलाई व्यवस्थित बनाउन योजना बनाएको बताएका छन्।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले त्यसलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले जोड दिइरहेको बताए। उनले यसै वर्ष सहरी विकास नीति पारित भएको समेत जानकारी दिए। 

उनले भने, ‘सहरी विकास नीति मन्त्रिपरिषद्बाट पारित भइसकेपछि अब त्यसलाई संसद्मा लैजान विधेयकको तयारी अन्तिम चरणमा पुगेको छ।’

सहरी विकास ऐन आइसकेपछि सहरको व्यवस्थित रुपमा   विकास गरिने उनले बताए। राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको संयुक्त सरकार बनेको उपप्रधानमन्त्री सिंहले उल्लेख गरे।  

कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषय उपयुक्त नभएको उनको दाबी थियो। 

‘अध्यागमनका कर्मचारीले गल्ती गरेकै कारण अख्तियारले छानबिन गरिरहेको छ। अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरुद्ध गर्नु ठीक होइन’, उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad