ग्लोबल


इन्दौरबाट हनिमुन मनाउन मेघालय गएका युवक मृत भेटिए, युवती बेपत्ता

इन्दौरबाट हनिमुन मनाउन मेघालय गएका युवक मृत भेटिए, युवती बेपत्ता

नवविवाहित सोनम र राजा रघुवंशीको फाइल तस्बिर। जसमध्ये राजा मृत भेटिए भने सोना बेपत्ता छिन्।


नेपालखबर
जेठ २२, २०८२ बिहिबार २०:५२, काठमाडौँ

भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौर जिल्लास्थित इन्दौरको सकार नगरबाट हनिमुन मनाउन गएका युवक मृत फेला परेका छन् भने युवती बेपत्ता भएकी छन्। 

बीबीसी हिन्दीका गत मे २३ मे हनिमुन मनाउन भनेर मेघालय पुगेका सकार नगरवासी २९ वर्षीय राजा रघुवंशी ११ दिनपछि जुन २ मा पूर्वी खासी पहाडको वेसाडोङ फल्सनजिकै १५० फिट गहिरो खोँचमा मृत भेटिएका हुन्।सोनम अझै पनि बेपत्ता छिन्।

रघुवंशीको शव मेघालयबाट जुन ४, बुधबार साँझ घर पुर्‍याइएको छ। शव देखेर राजाका बुबा-आमा विक्षिप्त भएका थिए। बुधबार साँझ नै इन्दौरको क्षेत्रीय पार्क मुक्तिधाममा शवको दाहसंस्कार गरिएको छ। 

मे २३ मा बेपत्ता हुनुभन्दा एक दिनअघि यो जोडी मेघालयको नोङ्ग्रियाट आइपुगेको थियो।

पूर्वी खासी हिल्स जिल्लाका प्रहरी उपरीक्षक (एसपी) विवेक सायमले भनेका छन्, ‘यो हत्या भएकामा कुनै शंका छैन। हामीले अपराधमा प्रयोग गरिएको 'दाओ' (ठूलो धारिलो चक्कु) पनि बरामद गरेका छौँ। यद्यपि थप जानकारीका लागि हामी अझै पनि पोस्टमार्टम रिपोर्टको पर्खाइमा छौँ।’

राजाकी पत्नी सोनमको प्रहरीले खोजी गरिरहेको छ।

परिवारका अनुसार मे ११ मा विवाह भएपछि राजा र उनकी श्रीमती सोनम मे २० मा हनिमुनका लागि इन्दौरबाट निस्किएका थिए।

यसपछि उनीहरू मे २३ मा शिलोङ पुगेका थिए, तर त्यस दिनदेखि परिवारसँग उनीहरूको सम्पर्क टुटेको थियो।

पूर्वी खासी हिल्स जिल्लाका प्रहरी उपरीक्षक विवेक सायमका अनुसार दम्पती बेपत्ता भएको जानकारी पाएपछि प्रहरीले पहिले उनीहरूले प्रयोग गरेको स्कुटर फेला पारेको थियो।

एसपी विवेक सायमले भने, ‘स्कुटर भेटिएको ठाउँबाट लगभग १५ किलोमिटर टाढा गहिरो खाडलमा राजाको शव फेला पर्‍यो।’

सुरुवाती प्रयास असफल भएपछि प्रहरीले ड्रोनको मद्दतले राजाको शव भेट्टाएको थियो। 

मेघालय प्रहरीले सोनमको खोजीका क्रममा राजाको शवनजिकै रगतले लतपतिएको रेनकोट बरामद गरेको छ। तर त्यो सोनमको हो कि होइन भन्ने पुष्टि भएको छैन।

अनुसन्धान जारी रहेको मेघालय प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad