रोयल च्यालेन्जर्स बैग्लोरले १८ वर्षपछि इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको खुसी मनाउने क्रममा भागदौड मच्चिदा १० जनाको मृत्यु भएको छ।
कर्नाटक राज्य क्रिकेट संघद्वारा एवं चिन्नास्वामी स्टेडियम बाहिर आयोजित टिम सम्मानमा हजारौको संख्यामा समर्थक उपस्थित थिए। समर्थकको भिडका कारण भागदौड मच्चिदा १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। १० जनाको मृत्यु भएपछि अहिले सो सहर नै शोकमा डुबेको छ।
आरसीबीले उपाधि जितेको खुसीयालीमा सबै रमाइरहेका थिए। तर अचानक भिड नियन्त्रण बाहिर हुँदा आयोजना स्थलमा धक्कामुक्की सुरु भएको थियो। प्रहरीले स्थितीलाई नियन्त्रणमा लिने प्रयास गरेपनि केही समर्थक घाइते भएका थिए।
भागदौडका क्रममा भाइते भएकाको नजिकैको अस्पतालमा लगिएको छ। भागदौडमा मृत्यु भएकोबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ।
Shares

प्रतिक्रिया