राजनीति


भीमार्जुन आचार्यको टिप्पणी: जनताले त विवेकहीन, लठैत, पत्रु र लम्पटलाई पो ‘झोले’को संज्ञा दिएका हुन्

भीमार्जुन आचार्यको टिप्पणी: जनताले त विवेकहीन, लठैत, पत्रु र लम्पटलाई पो ‘झोले’को संज्ञा दिएका हुन्

फाइल तस्बिर: संविधानविद् डा. भीमार्जुन आचार्य


नेपालखबर
जेठ २१, २०८२ बुधबार १४:३७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमालेभित्र चलाएको ‘म झोले हो’ अभियान यतिबेला व्यापक बहसको विषय बनेको छ।

अध्यक्ष ओलीदेखि एमालेका भुइँतहका कार्यकर्तासम्मले ‘म झोले हो’ पोस्टरमा आफूलाई सजाउँदै सामाजिक सञ्जाल रंगाउन थालेपछि सबैले यस विषयमा टिकाटिप्पणी गरिरहेका छन्।

यसैबीच संविधानविद् डा. भीमार्जुन आचार्यले भने झोले अभियानप्रति अपशोच प्रकट गरेका छन्। 

वरिष्ठ अधिवक्ता आचार्यले राजनीति र यसको नेतृत्व ‘यो स्तरसम्म झर्ने’ कल्पनासमेत नगरेको टिप्पणी गरेका हुन्। 

साथै आचार्यले एमालेका असल र इमान्दार कार्यकर्ताहरूलाई यसमा ‘ख्याल राख्न’ सुझावसमेत दिएका छन्। 

‘राजनीति र नेतृत्व यो स्तरसम्म झर्न सक्छ भन्ने सायद तपाईंहरूले पनि कल्पना गरेको विषय थिएन होला’, संविधानविद् आचार्यले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेभित्र रहनुभएका तपाईं असल र इमान्दार कार्यकर्ताहरूले त ख्याल राख्नुस्। यो झोलेको तमासामा किन सहभागी हुनुहुन्छ? जनताले त विवेकहीन, लठैत, पत्रु र लम्पटलाई पो झोलेको संज्ञा दिएका हुन्।’

उता एमालेका नेताहरू भने झोलेलाई सकारात्मक कोणबाट अर्थ्याउन प्रयासरत छन्।

आजै मात्र एमाले महासचिव शंकर पोखरेलले आफूहरूको झोलामा के छ भन्नेहरूलाई सामाजिक सञ्जालमार्फत सात बुँदामा जवाफ दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad