राजनीति


कुरा मिलेन भन्दै सभामुखको कार्यकक्षबाट निस्किए विपक्षी दलका नेता

कुरा मिलेन भन्दै सभामुखको कार्यकक्षबाट निस्किए विपक्षी दलका नेता

नेपालखबर
जेठ २१, २०८२ बुधबार १३:५३, काठमाडौँ

सदन खुलाउने विषयमा कुरा नमिलेपछि प्रतिपक्षी दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षबाट निस्किएका छन्।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको दाबीसहित विपक्षी दलले उनको राजीनामा माग गरेका छन्।

विपक्षी दलले लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति नभई सदन सञ्चालनको वातावरण नहुने बताएका छन्। 

विपक्षीले लगातार सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुखसचेतकहरू सँग छलफल गरेका थिए। छलफलमा सहमति नजुटेपछि विपक्षी दलका प्रमुख सचेतकहरू बाहिरिएका छन्।  

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू यसअघिकै अडानमा कायम रहेको बताएका छन्। 

'सभामुखसँग छलफलमा कुरा मिलेन। छानबिन समिति नभई हुँदैन भनेर हामीले भन्यौँ,' उनले नेपालखबरसँग भने, 'उहाँहरू (सत्तापक्ष) तयार हुनु भएन। उहाँहरू तयार नभएपछि हामीले पनि हुँदैन भनेर निस्कियौँ।' 

सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र राजीनामा दिनुपर्ने कारण नभएको बताउँदै आएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad