राजनीति


प्रदेश नं २ को कोषमा कांग्रेसको ४० लाख ७५ हजार सहयोग

प्रदेश नं २ को कोषमा कांग्रेसको ४० लाख ७५ हजार सहयोग

नेपालखबर
चैत २४, २०७६ सोमबार १३:१,

पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाली कांग्रेसले रु ४० लाख ७५ हजार सहयोग गरेको छ।

नेपाली कांग्रेस प्रदेश नं २ का संसदीय दलका नेता रामसरोज यादवले एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरी सहयोग गरेका हुन्। नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको बताए।

चेक हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशंकर यादव लगायतको उपस्थिति थियो। मुख्यमन्त्री राउतले चेक बुझ्दै नेपाली कांग्रेसले कोषमा गरेको सहयोगको प्रशंसा गर्दै सबैबाट अहिलेको जटिल परिस्थितिमा यस्तै साथ र सहयोगको आशा गरिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .