राजनीति


कमल थापासँगै पक्राउ पर्नेको संख्या ७ पुग्यो

कमल थापासँगै पक्राउ पर्नेको संख्या ७ पुग्यो

नेपालखबर
जेठ १८, २०८२ आइतबार १७:१६, काठमाडौँ

काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ पर्ने राजावादीको संख्या ७ पुगेको छ। भिडलाई उक्साउने अभिव्यक्ति दिएको आरोपमा राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

थापालाई प्रहरीले घिसार्दै नियन्त्रणमा लिएको थियो। अन्य पक्राउ पर्नेमा शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र डा राजिव झा छन्। 

पक्राउ परेका सातै जनालाई अहिले परिसरको हिरासत कक्षमा राखिएको छ। 

जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि राजावादी दल र संगठनहरू गणतन्त्रको विरुद्धमा आन्दोलनमा उत्रिएका छन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad