राजनीति


राजावादी छाडा भएर हामीमाथि आक्रमण गर्दैछन्: प्रचण्ड

राजावादी छाडा भएर हामीमाथि आक्रमण गर्दैछन्: प्रचण्ड

नेपालखबर
जेठ १८, २०८२ आइतबार १७:८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीहरू छाडा भइरहेको टिप्पणी गरेका छन्।  पार्टीको भ्रातृ संगठन वाइसेल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले पैसाको बलमा भाडाका मान्छे उतारेर छाडा बनाउने काम गरेको आरोप लगाएका हुन्।  

‘राजावादीहरू कताकताबाट पैसा ल्याएका छन्। पैसा त उनीहरूले थुपारेकै होलान्,' उनले भने, 'त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु। तपाईंहरूले देखिराख्नुभएको छ।’  

प्रचण्डले राजावादीहरू छाडा भएर आफूहरूमाथि आक्रमणको योजनामा रहेको बताए। 
‘उनीहरू छाडा भएका छन्। छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन्,' उनले भने, 'यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad