राजनीति


नारायणहिटीमा प्रदर्शन गर्न नपाएपछि बालुवाटारमा गएर बसे राजावादी (तस्बिरहरू)

नारायणहिटीमा प्रदर्शन गर्न नपाएपछि बालुवाटारमा गएर बसे राजावादी (तस्बिरहरू)

सौगात दाहाल
जेठ १७, २०८२ शनिबार १६:४८, काठमाडौँ

पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गर्न नपाएपछि राजावादीहरू प्रधानमन्त्री निवास रहेको बालुवाटारमा गएर प्रदर्शन गरेका छन्। 

राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै उनीहरुले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन्। त्यहाँ पनि प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएपछि सडकमै बसेर कार्यक्रम गरेका हुन्। 

राजावादीहरुको आन्दोलनलाई लक्षित गर्दै सरकारले शुक्रबार नारायणहिटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। त्यसपछि उनीहरू रत्नपार्कस्थित शान्तिबाटिकामा भेला भएरनक्साल हुँदै प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागेका थिए।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad