राजनीति


राजेन्द्र लिङ्देनको दाबी: निषेधित क्षेत्र घोषणा गर्नु सरकार डराएको प्रमाण

राजेन्द्र लिङ्देनको दाबी: निषेधित क्षेत्र घोषणा गर्नु सरकार डराएको प्रमाण

नेपालखबर
जेठ १७, २०८२ शनिबार १३:४२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकार राजावादीहरूसँग डराएको दाबी गरेका छन्। 

शनिबार पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक दिनअघिसम्म निषेधित क्षेत्र नरहेको स्थानलाई राजसंस्था पक्षधहरूको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको पुष्टि भएको तर्क गरेका हुन्। 

‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी गायतका राजसंस्था पक्षधहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो। सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो, लिङ्देनले भने, ‘हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। हामीलाई यसले उत्साहित तुल्याएको छ।’

दुई दिन गरेको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको जिकिर उनले गरे। गणतन्त्र झन कमजोर हुँदै गएको प्रमाणित भएको दाबी पनि उनले गरे।  

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार (जेठ १६ गते) आदेश जारी गरी नारायणहिटी दरबारआसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ। 

शनिबारको बैठकमा आन्दोलन उत्साहप्रद रहको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी पनि राप्रपा अध्यक्ष लिङ्देलने दिए। 

उनले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालन हुने निर्णय पनि बैठकले गरेको बताए।

राजावादीले काठमाडौँमा जेठ १५ र १६ गते लगातार दुई दिन प्रदर्शन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad