स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नकारात्मक सन्देशको निरन्तरताले नेपाली कांग्रेस सशक्त बन्न नसक्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको र जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्ने प्रतिबद्धता जनाए।
‘मलाई नेपाली कांग्रेस पार्टीले सरकारमा जिम्मेवारी दिएर पठाएको छ। त्यो जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नेछु। मभन्दा धेरै योगदान गर्नुभएका साथीहरू बाहिर हुनुहुन्छ। बाहिर रहनुभएका साथीहरूलाई म सरकारभित्र बसेर जनताका बीचमा प्रचार गर्नेगरी उपलब्धिहरू मैले देखाउन सक्नुपर्छ,' उनले भने, 'नेपाली कांग्रेसको तर्फबाट सरकारमा गएको यो यो मन्त्रीले यि काम गरे भनेर जनतालाई भन्ने आधारहरू मैले बनउन सक्नुपर्छ। राजनीतिमा म्यासेज सबैभन्दा ठूलो कुरा हो। नकारात्मक म्यासेजको निरन्तरताले नेपाली कांग्रेस पार्टी सशक्त हुन सक्दैन। सकारात्मकता बढाउने गरी काम गर्नुपर्छ।’
मन्त्री पौडेलले आफूले स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने प्रयत्न गरिरहेको बताए।
Shares

प्रतिक्रिया