यो वर्षको मनसुन गएरातिदेखि नेपाल प्रवेश गरेको छ। मनसुन पूर्व कोसी प्रदेशका अधिकांश भूभागमा विस्ताव भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन भित्रिएसँगै कोसीका अधिकांश ठाउँमा मनसुनी वर्षा पनि सुरु भएको महाशाखाले जनाएको छ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ गते हो। यसवर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको हो।
मौसमविद् विनोद घिमिरेका अनुसार नेपालले तथ्यांक राख्न थालेपछि पहिलोपटक १५ दिनअघि मनसुन भित्रिएको हो।
नेपालका अन्यभूभागमा मनसुनको प्रभाव विस्तार हुन भने केही समय लाग्ने महाशाखाले जनाएको छ।

1.1k
Shares

प्रतिक्रिया