राजनीति


सिंहदरबारमा मुख्य सचेतक र सभामुखबीच छलफल

सिंहदरबारमा मुख्य सचेतक र सभामुखबीच छलफल

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार ११:३९, काठमाडौँ

सभामुख देवराज घिमिरे र संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल सुरु भएको छ।

प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन्। 

घिमिरेले सुरुमा मुख्य सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका छन्।

त्यसपछि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका उनको सचिवालयले जनाएको छ। प्रमुख सचेतकहरुसँगको बैठक सिंहदरबारमा बसिरहेको छ। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। 

जेठ १५ गते (हिजो) सरकारलाई बजेट प्रस्तुत गर्न दिएका ती दलले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक भने चल्न नदिने अडान लिँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad