नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरुसँग तत्काल एकतावद्ध हुन नसकिने बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल अन्य राजनीतिक दलहरुसँग एकतावद्ध भएर जाने सम्भावना नरहेको भन्दै सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए।
‘अहिले नै अरु पार्टीहरुसँग एकतावद्ध भएर जाने सम्भावना देखिँदैन तर हामी सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार छौँ,’ नेपालले भने, ‘अझै कतिपयहरुसँग मोर्चा बनाएर पनि सँगसँगै अघि बढ्न पनि तयार छौँ।’
उनले आफूहरुले निर्माण गरेको समाजवादी मोर्चा गतिशिल हुन नसकेको पनि टिप्पणी गरे। ‘हामीले निर्माण गरेको समाजवादी मोर्चा गतिशिल हुन सकेको छैन,’ नेपालले भने, ‘यसमा हामीले पनि अझै भुमिका खेल्ने कुरामा कहीँ कमजोरी रहेको छ भने सक्रिय भूमिका पनि खेल्नुपर्छ। अरुले खेलेनन् त्यो हाम्रो गुनासोको विषय होला। तर हामीले पनि झक्झक्याउनुपर्ने, हामीले पनि सक्रियता लिनुपर्ने आवश्यकता छ।’
कम्युनिष्ट पार्टीको विकल्प अरु कुनै पार्टीहरु नरहेको बताउँदै उनले पूँजीवादी र दृष्टिकोण नभएका पार्टीले देशको रुपान्तरण र विकास गर्न नसक्ने जिकिर गरे।
Shares

प्रतिक्रिया