राजनीति


गृहमन्त्री लेखकको प्रश्नः मुख्य सचिवमाथि प्रश्न उठ्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ?

गृहमन्त्री लेखकको प्रश्नः मुख्य सचिवमाथि प्रश्न उठ्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ?

फाइल फोटो


नेपालखबर
जेठ १४, २०८२ बुधबार १७:४८, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिन नपर्ने जिकीर गरेका छन्। 

बुधबार पक्रकार सम्मेलन गरी लेखकले यस्तो जिकीर गरेका हुन्।

उनले यसअघिका गृहमन्त्री रवि लामिछानेमाथि नै प्रश्न उठेपछि राजीनामा मागिएको बताए। 

उनले भने, ‘तत्कालीन गृहमन्त्री (रवि) को विषय उठेको छ। मुख्यसचिवमाथि प्रश्न उठ्यो। जुन सम्माननीय प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड)ले मुख्यमन्त्री नियुक्ति गर्नुभएको थियो। मैले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ?’

टेरामक्स घोटाला प्रकरणमा मुछिएका तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालको प्रशंग लेखकले जोडेका थिए।

उनले थपे, ‘आफैँले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा अहिलेका जस्ता कुरा उठे? मैले उठाएँ?  मैले संसद्मा उभिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ?’

उनले अध्यागमन विभागका प्रमुख तीर्थ भट्टराईमाथि राज्यका निकायले अनुसन्धान गरिरहेको बताए।

‘कर्मचारीका माथि प्रहरीले अुनसन्धान गरिरहेको छ’ उनले भने, ‘यसरी पूर्वाग्रहमा कर्मचारीमाथि भएको छानबिन राजनीतिक नेतृत्वमाथि जोड्दै जाने हो भने कसरी सम्भव हुन्छ?’ 

गृहमन्त्री लेखकले सञ्चारमाध्यमले आफूप्रति पूर्वाग्रह राखेको दाबी गरे। 

‘मैले कसैकाप्रति आग्रह पूर्वाग्रह राखेको छैन। न्याय त मैले पनि पाउनुपर्ने होला नि। कि मैले न्याय पाउन नहुने हो? मेरा विरुद्ध कतै उजुरी छ?’ उनको प्रश्न थियो।

लेखकले विगतमा सञ्चारमाध्यमबाट समाचार आएका केहीलाई यसअघि नै अभियोजनसमेत दर्ता गरिसकेको बताए।

यस्तै, तीर्थराजलाई आफूले नल्याएको पनि जिकीर गरे।

उनले भने, ‘तीर्थराजजीलाई मैले सरुवा गरेर ल्याएको होइन। मभन्दा पहिले महत्वपूर्ण जिम्मेवारी दिएका हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad