प्रतिनिधि सभाको बैकठमा विपक्षीहरूले भिटिज भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा गमा गर्दै अवरोध गरे पनि राष्ट्रिय सभा भने बिनाअवरोध सञ्चालन भएको छ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठक बिनाअवरोध जारी छ। यद्यपि, राष्ट्रिय सभामा विपक्षी दलहरूको बहुमत छ। प्रतिनिधि सभामा भने विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै दोस्रो दिन पनि अवरोध गरेका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
त्यस्तै, आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।’


Shares

प्रतिक्रिया