राजनीति


संसद् खुलाउन सभामुख र प्रमुख सचेतकको छलफल जारी

संसद् खुलाउन सभामुख र प्रमुख सचेतकको छलफल जारी

नेपालखबर
जेठ १४, २०८२ बुधबार १२:४१, काठमाडौँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलले प्रतिनिधिसभा अवरोध जारी राख्ने भएपछि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।  संसद् खुलाएर आर्थिक सर्वेक्षण पेस गर्ने वातावरण बनाउन सभामुख देवराज घिमिरे सक्रिय भएका हुन्।  

यसअघि मंगलबारको छलफलमा सहमति नजुटेपछि आज बुधबार पनि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका हुन्।  

आजै सत्तारुढ नेपाली कांग्रेस-नेकपा एमालेको बैठकले गृहमन्त्रीले राजीनामा पनि नदिने र संसद्‌मा उठेका प्रश्नहरूको जवाफ गृहमन्त्रीले दिने निर्णय गरेको थियो। 

तर, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीले गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएपछि सभामुखले सहमतिको प्रयास गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad