ग्लोबल


भारतमा भयावह बन्दै कोरोना संक्रमण, १२ जनाको मृत्यु

भारतमा भयावह बन्दै कोरोना संक्रमण, १२ जनाको मृत्यु

नेपालखबर
जेठ १४, २०८२ बुधबार १२:५४, काठमाडौँ

भारतमा कोरोना संक्रमण भयाभव बन्दै गएको छ। 

कोरोना संक्रमणका कारण त्यहाँ अहिलेसम्म १२ जनाको मृत्युसमेत भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

भारतका प्रान्तहरू महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो। 

यस्तै अहिले भारतभरमा कोरोनाबाट संक्रमितको संख्या १०८३ पुगेको छ।

यसमा सबैभन्दा बढी भारतीय राज्य केरलामा ४३० जना कोरोनाका कारण बिरामी छन्।

यस्तै मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ संक्रमित देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad