प्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेको धुलिखेल अस्पतालमा ट्रमा तथा आकस्मिक सेवा भवनको शिलान्यास गर्दैछन्।
प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजे भवनको शिलान्यास गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
ट्रमा एण्ड इमर्जेन्सी सेन्टर परियोजना जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाईका)को सहयोगमा निर्माण हुन लागेको हो।
धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजनाका लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने सम्झौता भएको छ।
858
Shares

प्रतिक्रिया