राजनीति


युवा संघको निर्वाचनः १७६४ मा १४०४ मत खस्यो

युवा संघको निर्वाचनः १७६४ मा १४०४ मत खस्यो

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १७:४७, पोखरा

सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालको १० औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ।

कूल १७६४ मतदाता रहेको यसवा संघको निर्वाचनमा १४०४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचनको मत परिणाम आजै घोषणा हुने आयोजकको भनाई छ।

निर्वाचन आयोगका अधिकृत जय गुरुङका अनुसार मंगलबार बिहान १०स्२० बजेबाट मतदान सुरु भएको हो।

विद्युतीय मेसिनबाट गरिने मतदान सम्पन्न भएसँगै साँझसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने गरी काम भइरहेको उनको भनाइ छ।

युवा संघको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानलसहित मैदानमा उत्रिएका छन्।

दुई अध्यक्षका उम्मेदवारमध्ये क्षितिज थेवेको समूहबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह उम्मेदवार छन्।  

निर्वाचनबाट युवा संघका अध्यक्षसहित ९ जना पदाधिकारी, १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ कार्यसमितिको टुंगो लाग्नेछ।

सर्वसम्मत नेतृत्व चयनको कसरत असफल भएसँगै जेठ ९ गते उद्घाटन भएको महाधिवेशनअन्तर्गत आज १३ गते मतदान भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad