राजनीति


हृदयेन्द्रको नाममा सहमति भए ज्ञानेन्द्रले मान्नुपर्छ: कमल थापा

हृदयेन्द्रको नाममा सहमति भए ज्ञानेन्द्रले मान्नुपर्छ: कमल थापा

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८२ मंगलबार १५:२६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र फर्काउने विषयमा केही कुरा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मान्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा राजावादीले गरेको सम्पादकहरूसँगको छलफलमा थापाले राजा बनाउने विषयमा हृदयेन्द्र शाहको नाममा सहमति भए ज्ञानेन्द्रले पनि मान्नुपर्ने बताएका हुन्।  

ज्ञानेन्द्र कसरी सुध्रिएको मान्ने? पारस कसरी राजा हुन सक्छन्? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, 'हृदयेन्द्रका नाममा सहमति भए ज्ञानेन्द्र पनि त्यसमा आउनुपर्छ। राजतन्त्र भनेको व्यक्तिको कुरा होइन। यो विचार हो। पृथ्वीनारायण शाहका उत्तराधिकारी नै हुने हो भन्ने हाम्रो मत छ। अहिले व्यक्ति को हुने भन्ने कुरा मुख्य होइन।'

उनले अल्पसंख्यकहरूको हतियार नै जनप्रदर्शन भएकोले आफूहरूले सोही बाटो रोजेको पनि सुनाए। उनले राप्रपा नेपालसहित राजावादीहरू संविधान संशोधनको पक्षमा रहेको बताए। यसका लागि जनदबाब सिर्जना गरिरहेको उनको दाबी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad