राजनीति


भारतीय माओवादी नेता मारिएकोबारे माओवादी केन्द्रले भन्यो– दमनभन्दा वार्ताको समाधान उचित

भारतीय माओवादी नेता मारिएकोबारे माओवादी केन्द्रले भन्यो– दमनभन्दा वार्ताको समाधान उचित

नेपालखबर
जेठ १२, २०८२ सोमबार १७:४६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘बसवराजु’ लगायतका नेताहरू मारिएकोप्रति ध्यानाकर्षण भएको बताएको छ। 

सोमबार प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै दमन भन्दा वार्ताको माध्यमबाट  समाधान खोज्न आग्रह गरेको छ।

‘उत्पन्न राजनीतिक समस्याहरूको समाधान दमनको तरिकाले नभई वार्ताको माध्यमबाट खोज्न पनि हाम्रो पार्टी आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द व्यवस्थापनका लागि विकसित नयाँ–नयाँ विकल्पहरूको खोजी गर्दै राजनीतिक समस्याको समाधान राजनीतिक तवरबाट नै गर्न हाम्रो पार्टी विशेष जोड गर्दछ।’

यस्ता घटनाबाट उत्पन्न हुन सक्ने संवेदनशील परिस्थितिप्रति गम्भीर रहेको भन्दै माओवादी केन्द्रले भारतीय सरकार र विद्रोही माओवादी दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। 

‘हाम्रो पार्टीले यस्ता घटनाबाट उत्पन्न हुन सक्ने संवेदनशील परिस्थिति तथा यसले निम्त्याउन सक्ने दीर्घकालीन असर र प्रभावलाई गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad