राप्रपा नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक भोलि जेठ १३ गते काठमाडौँमा बस्ने भएको छ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धि रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
‘बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू काठमाडौँ आईपुगिसक्नुभएको छ। आउन बाँकी भोलि बिहानसम्म आईपुग्नुहुन्छ’ बर्तौलाले भने।
अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय, संगठन र आर्थिक लगायतका प्रतिवेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित विषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ।
राजावादीले जेठ १५ गतेदेखि काठमाडौँमा आन्दोलन गर्दैछन्।
153
Shares

प्रतिक्रिया