राजनीति


जेठ १५ को कार्यक्रम सफल पार्न च्यासलमा एमाले जनसंगठनको बैठक

जेठ १५ को कार्यक्रम सफल पार्न च्यासलमा एमाले जनसंगठनको बैठक

नेपालखबर
जेठ १२, २०८२ सोमबार ९:२७, काठमाडौँ

सत्तारुढ नेकपा एमाले जेठ १५ गते काठमाडौँ गर्ने कार्यक्रम सफल पार्न तयारीमा लागेको छ।

आइतबार सचिवालय बैठक राखेको एमालेले आज जनसंगठन पदाधिकारीको बैठक राखेको छ। 

पार्टी कार्यालय च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेलसहित तल्ला तहका पदाधिकारी पनि सहभागी छन्।

आइतबार बसेको सचिवालय बैठकले ‘सात दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ।

यसमा सहभागिताका लागि एमालेले जनसमुदायलाई आह्वान पनि गरेको छ। 

उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिका स्तरमा विशेष कार्यक्रमहरू आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहत कमिटीहरूलाई निर्देश गरेको छ।

काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीहरूको आयोजनामा साँस्कृतिक झाँकीसहित जनउत्सव आयोजना गरिने एमालेले जनाएको छ।

यसैबीच प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस दिन जेठ १५ गते ‘काठमाडौँलाई पार्टीको नियन्त्रणमा राख्ने गरी’ लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad