राजनीति


देउवासहित कांग्रेस नेताहरूको टोली बालुवाटारमा

देउवासहित कांग्रेस नेताहरूको टोली बालुवाटारमा

नेपालखबर
जेठ ११, २०८२ आइतबार १७:५४, काठमाडौँ

गभर्नर नियुक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा भेटघाटमा जुटेका छन्। 

उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कृषिमन्त्री रामनाथ अधिकारीलाई साथ लिएर देउवा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।  

त्यस्तै एमालेका तर्फबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्।  

अहिले भिजिट भिसा प्रकरणमा जोडिएका रमेश लेखकलाई पार्टीभित्र र बाहिरबाट राजीनाका लागि दबाब आइरहेका बेला देउवा उनैलाई लिएर ओली भेट्न गएका हुन्।  छलफल विभिन्न विषयमा भए पनि मुख्यगरी यही जेठ १५ गते प्रस्तुत हुने बजेट, गणतन्त्र दिवसलगायतमा केन्द्रित भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad