राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छिन्।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले निजी विद्यालयको हकमा राष्ट्रियकरण गर्ने नभई गैरनाफामूलक बनाउनुपर्ने धारणा राखिन्।
‘निजीलाई राष्ट्रियकरण गर्ने होइन या बन्देज लगाउने होइन, निजीलाई गैरनाफामूलक बनाउनुपर्छ भन्ने हो,’ श्रेष्ठले भनिन्, ‘त्यसका लागि १५ वा २० वर्ष कति लाग्छ समय दिउ। निजीको हकहितका लागि हामीले निर्णय गर्नैपर्छ।’
उद्योग मन्त्रालयले गरेको अनुगमनका विषयमा निजी विद्यालयहरुबाट आइरहेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै उनले नियमनमा कडाइका साथ लाग्नुपर्नेमा जोड दिइन्।
390
Shares

प्रतिक्रिया