राजनीति


ओलीले बोलाए एमाले सचिवालय बैठक, पाण्डे र तिम्सेनाको कारबाही फुकुवा होला?

ओलीले बोलाए एमाले सचिवालय बैठक, पाण्डे र तिम्सेनाको कारबाही फुकुवा होला?

नेपालखबर
जेठ १०, २०८२ शनिबार २३:२५, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।

बैठक एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न र पार्टीका केही आन्तरिक विषयमा निर्णय लिन बैठक बस्न लागेको एमाले नेताहरूको भनाइ छ।

त्यसो त यसअघिकै बैठकको केही एजेन्डा पनि विचाराधीन छन्। गत वैशाख २१ गते बसेको सचिवालय बैठकबाटै गर्न लागिएको एमाले नेतृहरूमाथिको कारबाही फुकुवाको विषयमा पनि त्यसयता छलफल हुन पाएको छैन। त्यस दिन यो एजेन्डा आउनेबित्तिकै हतार छ भन्दै बैठकबाट ओली निस्किएका थिए। त्यसपछि वैशाख २४ गते नै बैठक बसेर निर्णय लिने भनिएको थियो। तर त्यसको तीन सातापछि एमाले सचिवालयको बैठक बस्न लागेको हो।   

गत वर्ष पुस १० गते बसेको सचिवालय बैठकले एमाले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो। उनीहरूले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङबाट दान लिएर पार्टी केन्द्रीय कार्यालय बनाउने निर्णयको विरोध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad