राजनीति


लेखा समितिमा माओवादी सांसदको प्रश्न–तपाईंहरुको हामी दास हो र?

लेखा समितिमा माओवादी सांसदको प्रश्न–तपाईंहरुको हामी दास हो र?

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८२ बिहिबार १४:२३, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन्। 

बिहीबारको सार्वजनिक लेखा समितिमा बोल्दै उनले संसद् सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने उल्लेख गरे आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरु कसैको दास नभएको टिप्पणी गरे। 

‘संसद् भनेको सार्वभौम हो, यो मिनि पाल्र्यामेण्ट हो,’ मोदीले भने, ‘सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ। हामीले बोलेका विषयमा तपाईंले रोक्नुहुन्छ। यो दुर्भाग्य हो। हामीलाई प्रतिबन्ध लगाउन पाउनु हुन्न। सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरु हुनु हुँदैन, हुँदैन भन्ने? तपाईंहरुको हामी दास हो र? माओवादी पार्टीको कुरा हो नि यो।’

उनले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहन्जेलसम्म प्रश्न रही रहने समेत बताए। हिजोको बैठक कांग्रेसका प्रमुख सचेतक श्याकुमार घिमिरले समिति सभापतिको विषय राजनीतिक भागबन्डाको कुरा भएको भन्दै अबदेखि यो विषय नउठाउन आग्रह गरेका थिए।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad