सांसद राजन दाहालले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएका छन्। सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा उनले उपसमितिमा माओवादीको प्रतिनिधित्व नगराइएको भन्दै आपत्ति जनाएका हुन्।
समितिले भैरहवा विमानस्थलको छानबिनका लागि नेपाली कांग्रेसकी सांसद मञ्जु खाणको संयोजकत्वमा उपसमिति बनाइएको छ। उक्त उपसमितिमा साथै उपसमितिमा एमाले सांसद योगेश भट्टराई, रास्वपा सांसद मनीष झा, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, एमाले सांसद अच्युतप्रसाद मैनाली, राप्रपा सांसद विक्रम पाण्डे, कांग्रेस सांसद श्यामकुमार घिमिरे र एमाले सांसद सराज अहमद फारुकी छन्।
यस्तै चिनियाँ ठेकेदार कम्पनी सीसीएमसीले मंगलबार निकालेको विज्ञप्ति र भाषा शैलीप्रति रास्वपा सांसद मनीष झाले आपत्ति जनाए। संसदीय समितिलाई चुनाैती दिएर निकालेको विज्ञप्ति छाप्ने सम्पादकलाई स्पष्टीकरण सोध्नुपर्ने उनको भनाइ थियो।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले संसदीय समितिले गरेको अध्ययनलाई ठेकेदारले चुनाैती दिएकोप्रति आपत्ति जनाएका थिए।
Shares

प्रतिक्रिया