राजनीति


पोखरा अन्तर्राष्ट्रय विमानस्थलसम्बन्धी प्रतिवेदन चीनले सहजै स्वीकार्दैन: योगेश भट्टराई

पोखरा अन्तर्राष्ट्रय विमानस्थलसम्बन्धी प्रतिवेदन चीनले सहजै स्वीकार्दैन: योगेश भट्टराई

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८२ बुधबार १४:३८, काठमाडौँ

नेकपा (एमाले)का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्। सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले अनुसन्धानको विधि नै अपूर्ण रहेको भन्दै प्रतिवेदनलाई एकपक्षीय र भ्रमपूर्ण भएको बताएका हुन्।

'छलफल र अनुसन्धानको विधि नै भएन भन्ने सांसद तारा लामा र गोकुल बास्कोटाले फरक मत राख्नुभएको छ। मैले पनि त्यही देखेको छु,' सांसद भट्टराईले संसद्‌मा भने। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईसीएओले पोखरा विमानस्थललाई ‘फोर–डी’ श्रेणीमा उडानका लागि योग्य भन्दै सर्टिफिकेसन दिइसकेको अवस्थामा प्रतिवेदनले ‘उडान योग्य छैन’ भन्नु अनौठो भएको उनको भनाइ छ। 

'आईसीएओले सर्टिफाइड गरिसकेको विमानस्थललाई प्रतिवेदनले योग्य छैन भन्नु तथ्य विपरीत हो,' उनले भने, 'विमानस्थलमा आवतजावत भइसकेको छ भने त्यो व्यावसायिक उडान हो भन्ने बुझ्न गाह्रो छैन।' भट्टराईले परियोजना विदेशी लगानीमा बनेको भन्दै त्यसमा संवेदनशीलता आवश्यक रहेको बताए । उनले एमसीसी सम्झौता पारित गर्ने सन्दर्भलाई उदाहरण दिँदै भने, 'हामीले केही नेताहरूको लाज छोप्न एमसीसी पास गर्न सहयोग गरेका थियौँ। अहिले पनि यस्तो विषयमा चाइनाजस्ता लगानीकर्ताले चासो नराख्लान् भन्ने हुँदैन।'

उनले पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदनलाई चीनले सहजै स्विकार्ने अवस्था नरहेको प्रस्ट पारे । 'यो प्रतिवेदन ठिक छ भनेर चीनले चुप लाग्छ भन्ने होइन। चासो त अवश्य राख्नेछ,' भट्टराईले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad