राजनीति


रविलाई थुनामुक्त गर्न माग गरिएको निवेदन हेर्दाहेर्दैमा

रविलाई थुनामुक्त गर्न माग गरिएको निवेदन हेर्दाहेर्दैमा

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १७:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। 

मंगलबार लामिछानेका तर्फबाट बहस सुरु भएको छ। 

जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका  पूर्वडीआईजी छविलाल जोशीको पनि निवेदन साथै राखिएको छ।

रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन्। छविलाई भने जिल्लाले थुनामा पठाएको र उच्च अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो। 

सुप्रिम सहकारी ठगीमा आफूहरुलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर गर्न उनीहरुको माग छ। 

सुरुमा उच्च अदालतको आदेशविरुद्ध निवेदन दिएका उनीहरुले सुनुवाइमा ढिलो हुने भएपछि बन्दी प्रत्येक्षीकरणको निवेदन पनि दायर गरेका थिए। छैठौँ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा सुनुवाइ हुन सकेको थिएन। 

बन्दी प्रत्येक्षीकरणको निवेदनसँगै उच्च अदालतको आदेश बदरको माग गरिएका निवेदन पनि साथै राखिएकाले एकसाथ सुनुवाइ भइरहेको हो। 

अब सर्वोच्चले सुनुवाइपछि रवि र छविले थुनामै रहनु पर्ने कि थुनाबाहिर रहेर मुद्दा लड्न पाउने भन्ने आदेश दिनेछ। दुवै जना रुपन्देही कारागारमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad