राजनीति


गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित

गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १६:१५, काठमाडौँ

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपटि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। 

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।

सांसदहरूले उक्त प्रस्तावमाथि छलफल गरेर मन्त्री अधिकारीले जवाफ दिएसँगै सभामुख घिमिरेले प्रस्तावलाई पारित गर्न प्रक्रिया सुरु गरे। लगत्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरे। उक्त समयमा प्रतिपक्ष दलका तीनजना मात्रै सांसदहरू संसदमा उपस्थित थिए।

नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाइ गणपूरक संख्या यकिन गर्दा प्रस्ताव निर्णयार्थ पेस गर्न ६९ संख्या हुनुपर्नेमा ६५ मात्रै पुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad